https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

विराटनगर, माघ १९ गते ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको आयोजनामा कोशी प्रदेशको तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राममा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

“समावेशी प्रसारण सामग्री उत्पादन तथा प्रसारण” विषयमा केन्द्रित उक्त प्रशिक्षणमा मधेश र कोशी प्रदेशका विभिन्न कार्यालयका प्रमुख, लेखा शाखा प्रमुख, समाचार तथा कार्यक्रम उत्पादनमा संलग्न सञ्चारकर्मी र जिल्लास्तरका संवाददाताहरूको सहभागिता रहेको थियो ।

प्रशिक्षणका क्रममा समाचार तथा कार्यक्रम निर्माण गर्दा समावेशिता सुनिश्चित गर्ने र प्रविधिमैत्री सामग्री उत्पादन गर्ने विषयमा सहजीकरण गरिएको आयोजकले जनाएको छ ।


समापन कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना र विचारका बीच सार्वजनिक प्रसारकहरूले सन्तुलित, तथ्यपरक र यथार्थ सूचना दिनुपर्ने जिम्मेवारी झनै बढेको उल्लेख गर्नुभयो। उहाँले घृणा र द्वेष फैलाउने सामग्री बढ्दो क्रममा रहेकाले सार्वजनिक सेवा प्रसारणले सत्य सूचनामार्फत जनतालाई सुसूचित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

निर्वाचनको समयमा भ्रमपूर्ण समाचारका कारण सर्वसाधारण थप अन्योलमा पर्ने अवस्था देखिने भएकाले त्यसलाई चिर्न सार्वजनिक प्रसारण क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने अध्यक्ष विष्टको भनाइ थियो । सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले प्रशिक्षणमा सिकाइएका विषयवस्तुहरू सहभागी सञ्चारकर्मीहरूले व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले छिटो र धेरै ‘भ्यु’को होडमा फैलाइने गलत सूचनाका कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै सार्वजनिक प्रसारकहरूले ढिलै भए पनि सत्य र प्रमाणित समाचार दिनुपर्ने धारणा राख्नुभयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले दुई दिने प्रशिक्षणबाट प्राप्त ज्ञान व्यवहारिक रूपमा कार्यान्वयन हुने अपेक्षा व्यक्त गर्नुभयो। त्यसैगरी नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सुशिला पाठकले सामाजिक सञ्जालबाट फैलिने भ्रमपूर्ण समाचारका कारण समाजमा द्वन्द्व सिर्जना भइरहेको बताउँदै त्यसको न्यूनीकरणमा सार्वजनिक प्रसारकहरूको भूमिका महत्वपूर्ण हुने बताइन् ।

कार्यक्रममा प्रशिक्षकको तर्फबाट रेडियो नेपालका उपनिर्देशक डा. जनार्दन विष्ट, सहभागीको तर्फबाट रेडियो नेपालका वरिष्ठ संवाददाता अजय कुमार झा तथा प्रादेशिक प्रसारण केन्द्र धनकुटाकी कार्यक्रम तथा समाचार सम्पादक सुखकला राईले आ–आफ्नो धारणा राख्नुभएको थियो । प्रशिक्षणमा सहभागी सबैलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार