https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सल्यान, माघ १९ गते ।
सल्यानको शारदा नगरपालिका–२ स्थित खलंगास्थित सिँचाइ कार्यालय नजिकै अटो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्। खलंगा–श्रीनगर सडक खण्डमा सोमबार दिउँसो भएको दुर्घटनामा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा १ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। दुर्घटना दिउँसो करिब २ बजेतिर भएको हो ।


दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था सामान्य भए पनि दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले थप निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अटो चालक शारदा नगरपालिका–६ निवासी २५ वर्षीय अर्जुन डाँगी भने सकुशल रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।


दुर्घटनामा घाइते हुनेहरूमा सिद्धकुमाख गाउँपालिका–२ का ३५ वर्षीय दीपक विक, शारदा नगरपालिका–११ का १९ वर्षीय रेशमबहादुर नेपाली, सिद्धकुमाख गाउँपालिका–१ का ७८ वर्षीय टरबहादुर रेउले, बनगाड कुपिण्डे नगरपालिका–९ की २३ वर्षीया संगिता विक, उनका ७ वर्षीय छोरा दीपक र ३ वर्षीया छोरी सृष्टि रहेका छन् । साथै दाङको बबई गाउँपालिका–६ की २३ वर्षीया कृष्णा बुढाथोकी, उनकी ३ वर्षीया छोरी स्मृति, सिद्धकुमाख गाउँपालिका–२ की ३८ वर्षीया धनी सुनार र ३९ वर्षीया पुष्पा सुनार पनि घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार