https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अत्तरिया, माघ १९ गते ।
आउँदै गरेको निर्वाचनलाई मध्यनजर गर्दै कैलालीको अत्तरिया बसपार्क क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश र इलाका प्रहरी कार्यालय मालाखेतीको पहलमा यात्रुबाहक सवारी साधनहरूमा विशेष निगरानीसहित जाँच अभियान सञ्चालन गरिएको हो ।


अभियानअन्तर्गत प्रदेश प्रहरी कार्यालय धनगढीको केनाइन शाखाबाट ल्याइएका तालिमप्राप्त कुकुर प्रयोग गरी लामो तथा छोटो दूरीका बसहरू स्किनिङ गरिएको प्रहरीले जनाएको छ । कुकुरद्वारा गरिने खोजतलास मानिसको सामान्य जाँचभन्दा प्रभावकारी हुने भएकाले यो विधि अपनाइएको प्रहरीको भनाइ छ ।


इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दले फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन विस्फोटक पदार्थ तथा लागुऔषधको ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले यस्तो जाँच सुरु गरिएको जानकारी दिए । अत्तरिया बसपार्क हुँदै आवतजावत गर्ने सवारी साधनलाई लक्षित गरी हप्तामा कम्तीमा एक दिन, आवश्यकता अनुसार जुनसुकै समयमा पनि यस्तो अभियान सञ्चालन गरिने उनले बताए ।


आजको चेकजाँचका क्रममा एक दर्जनभन्दा बढी सवारी साधन जाँच गरिएको भए पनि कुनै पनि आपत्तिजनक वस्तु फेला नपरेको प्रहरीले जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा सुरक्षा संयन्त्रलाई अझ सक्रिय बनाइने पनि प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार