गाैशाला, माघ २० गते ।
महोत्तरीकाे औरही नगरपालिका–१ मा आगलागी हुँदा करिब ६ बिघा ७ कठ्ठा उखु जलेर नष्ट भएको छ । प्रहरीले आगलागीबाट करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएको छ ।
आगलागी प्रभावित खेत स्थानीय किसान रामवृक्ष राय, नगिनादेवी यादव, रासदेवी यादव र हरिनारायण यादव लगायत १० जना किसानहरु रहेको छ । स्थानीय दमकल र वारुण यन्त्रको सहयोगले आगो नियन्त्रणमा ल्याइएको थियो ।
एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिजका प्रतिनिधि जेटिए अमिरी महतोले बताए, “उखु २४ घण्टाभित्र क्रसिङ गर्न सकिए मात्र केही कट्टा प्रयोगयोग्य हुनेछ, नभए प्रयोगशालामा परीक्षणपछि मात्रै कट्टा निर्धारण गरिनेछ ।”
पीडित कृषकहरूले आफ्नो उखु काट्ने तयारीमा रहेको र आगोले उत्पादनको ठूलो हिस्सा नष्ट भएको बताएका छन् । घटनाले किसानको आम्दानी र स्थानीय उत्पादनमा गम्भीर असर पारेको छ ।

