https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

मुकेश झा
सर्लाही, माघ २१ गते ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जंगलमा आज (बुधबार) बिहान कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अरु तीन जना घाइते भएका छन् ।

पूर्वको काँकडभिट्टाबाट पश्चिमको बुटवलतर्फ जाँदै गरेको लु ३ च ५४७२ नम्वरको कार बाँके जङ्गलको तेस्रो लच्कामा पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा डाइभर्सन बनाइएको ठाउँमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा कारमा सवार रुपन्देहीको बुटवल उपमहानगरपालिका–१, बस्ने २७ वर्षीय शुभम जैसवालको मृत्यु भएको हो ।

हात, खुट्टा र छातीमा चोट लागेर गम्भीर घाइते शुभमको उपचारका क्रममा शुभस्वस्तिक अस्पताल बर्दिवासमा मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनायो ।

दुर्घटनामा कार चालक बुटवल उपमहानगरपालिका–१ कै २३ वर्षीय साहिल बर्मा, कारमा सवार ४८ वर्षीय बृजकिशोर बर्मा र ५२ वर्षीय सन्जय जैसवाल घाइते भएका छन् । उनीहरुको शुभस्वस्तिक अस्पतालमा उपचार जारी रहेको छ ।

प्रहरीका अनुसार आज बिहान २ बजेतिर कार अनियन्त्रित भएर दुर्घटनामा परेको हो । बाँके जंगलको लच्कामा कलभर्ट निर्माण गर्न छेउबाट डाइभर्सन निर्माण गरिएको थियो । सोही डाइभर्सनबाट खसेको कार निर्माणाधीन कलभर्टको पिलरमा गएर बजारिएको थियो ।

दुर्घटनामा परेको कार घटनास्थलमै रहेको छ । क्रेनको सहायतामा कार निकाल्ने प्रयास भइरहेको केशरगन्जका इन्स्पेक्टर नितेशकुमार सिंहले जानकारी दिए ।

अहिले पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा जिल्लाको दर्जनौँ स्थानमा डाइभर्सन निर्माण गरेर धमाधम काम भइरहेकाले पूर्वपश्चिम राजमार्गमा सवारी साधन संचालन गर्दा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार