काठमाडौं, माघ २१ गते ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किश एयरलाइन्सको यात्रुवाहक विमानमा उडानको सुरुवाती चरणमै प्राविधिक समस्या देखिएको छ ।
विमानको एक इन्जिनमा समस्या देखिएपछि जहाजले काठमाडौं फर्किने प्रयास गरेको थियो । तर केही समयसम्म राजधानीको आकाशमा होल्ड गरेपछि कोलकातामा अवतरणको अनुमति लिई त्यतैतर्फ मोडिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।
उडान भरेलगत्तै समस्या देखिएको जनाउँदै यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा राख्दै वैकल्पिक विमानस्थलमा अवतरण गराउने निर्णय गरिएको बताइएको छ ।

