https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ २१ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त रूपमा सम्पन्न गराउने उद्देश्यले महोत्तरी जिल्लामा नेपाली सेनाको परिचालन सुरु गरिएको छ ।

नेपाली सेनाको गोरखनाथ गण परिकौलिबाट बुधबारदेखि महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा अलग–अलग बेस स्थापना गरी निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा बनाइएको हो । महोत्तरी निर्वाचन क्षेत्र नं. १ को बर्दिवास, क्षेत्र नं. २ को बलबा, क्षेत्र नं. ३ को जलेश्वर र क्षेत्र नं. ४ को रामगोपालपुरमा सेनाका बेस स्थापना गरिएको गोरखनाथ गणका गणपति रामप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

गणपति लामिछानेका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा बुधबार बिहानैदेखि संयुक्त गस्ती सुरु गरिएको छ । “सुरक्षा समितिले तोकेका संवेदनशील मतदान स्थलहरूको निरीक्षण र अनुगमन कार्य अहिले चलिरहेको छ,” उहाँले भन्नुभयो ।

निरीक्षणका क्रममा मतदान स्थलहरूमा सम्भावित सुरक्षा चुनौतीको वास्तविक अवस्था पहिचान गर्दै आवश्यक सुरक्षाको प्रबन्ध मिलाइने उहाँको भनाइ छ । शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सेना सक्रिय रूपमा परिचालन गरिएको बताइएको छ ।

हाल चारवटै निर्वाचन क्षेत्रमा बेस स्थापना गरी सेना परिचालन गरिएको र आवश्यकता अनुसार जिल्लाभरका सबै मतदान स्थलसम्म सुरक्षा विस्तार गरिने जनाइएको छ ।

जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा कुल चार लाख ३१ हजार २८२ मतदाता रहेका छन् । तीमध्ये दुई लाख ३५ हजार १८३ पुरुष, एक लाख ९२ हजार ९७ महिला र अन्य दुई जना मतदाता छन् ।

चार निर्वाचन क्षेत्रमा २५८ मतदान स्थल र ५३६ मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये १६३ मतदान स्थललाई अति संवेदनशील, ८९ लाई संवेदनशील र ६ लाई सामान्य सुरक्षाको सूचीमा राखिएको छ ।

निर्वाचन क्षेत्र नं. १ मा एक लाख पाँच हजार ६४६ मतदाता रहेका छन् भने ५९ मतदान स्थल र १२० मतदान केन्द्र तोकिएका छन् । क्षेत्र नं. २ मा एक लाख सात हजार ५९४ मतदाता, ६२ मतदान स्थल र १३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यस्तै, क्षेत्र नं. ३ मा एक लाख १० हजार ४३६ मतदाता रहेका छन् जहाँ ७७ मतदान स्थल र १४२ मतदान केन्द्र रहनेछन् । क्षेत्र नं. ४ मा एक लाख सात हजार ६०६ मतदाताका लागि ६० मतदान स्थल र १३१ मतदान केन्द्र व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख रञ्जिता झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार