https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बुधबारदेखि देशभर नेपाली सेनाको व्यापक परिचालन सुरु गरिएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित एकीकृत सुरक्षा योजना २०८२ अनुसार सेनालाई खटाइएको हो ।


नेपाली सेनाले निर्वाचन सुरक्षाको बाहिरी घेरामा रही महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने जनाइएको छ । निर्वाचन प्रयोजनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा ७९ हजार ७२७ जना सैनिक आजदेखि परिचालन गरिएको नेपाली सेनाले जनाएको छ ।


नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन अवधिभर करिब ८० हजार सैनिक जनशक्ति परिचालन हुनेछ । उहाँले एकीकृत सुरक्षा योजना २०८२ राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोही योजना अनुसार देशभर फौज परिचालन गरिएको जानकारी दिनुभयो ।


सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउँदै शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संयुक्त रूपमा परिचालित हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार