https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं: नेपाली कांग्रेसले मधेश प्रदेशमा पार्टीको जनमत बढाउने लक्ष्यसहित सहमहामन्त्री मुक्ता यादवलाई प्रदेशको चुनावी कमाण्डरको जिम्मेवारी दिएको छ।

कांग्रेसले मधेशका सबै जिल्ला र निर्वाचन क्षेत्रमा केन्द्रित हुँदै संगठन सुदृढीकरण तथा चुनावी रणनीति कार्यान्वयनका लागि नेताहरूलाई प्रदेशगत रूपमा खटाएको हो।

सहमहामन्त्री यादवको नेतृत्वमा मधेश प्रदेशका आठै जिल्ला—सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसका वर्तमान तथा निवर्तमान केन्द्रीय सदस्य,पूर्वपदाधिकारी र प्रभावशाली नेताहरू सक्रिय रूपमा परिचालित भएका छन्।
पार्टीका अनुसार जिल्ला र निर्वाचन क्षेत्रस्तरमै पुगेर संगठनको अवस्था बुझ्ने, कार्यकर्ता परिचालन गर्ने र मतदाता केन्द्रित अभियान सञ्चालन भइरहेको छ।

कांग्रेसले मधेश प्रदेशलाई निर्णायक चुनावी क्षेत्रका रूपमा हेर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रहरूमा लक्षित रणनीति बनाएको जनाएको छ। प्रत्येक निर्वाचन क्षेत्रमा स्थानीय नेतृत्वसँग समन्वय गर्दै जनसम्पर्क, भेला र संगठन विस्तारका कार्यक्रम तीव्र पारिएको छ।

यसैबीच मधेश प्रदेशमा कांग्रेसका वरिष्ठ नेताहरू प्रत्यक्ष निर्वाचनमा होमिएका छन्। निवर्तमान सहमहामन्त्री महेन्द्र यादव धनुषा–४ बाट र पूर्वउपसभापति विमलेन्द्र निधि धनुषा–३ बाट उम्मेदवार रहेका छन्। ती क्षेत्रलाई समेत केन्द्रमा राख्दै पार्टीले शीर्ष तहबाटै निगरानी र सहयोग बढाएको बताइएको छ ।

कांग्रेस नेतृत्वले मधेशका सबै जिल्ला र निर्वाचन क्षेत्रमा पार्टीलाई प्रतिस्पर्धी र बलियो बनाउने लक्ष्यसहित यो अभियान अघि बढाएको र सहमहामन्त्री यादवको कमाण्डमा चुनावी तयारीलाई अन्तिम चरणतर्फ लगिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार