https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

एसपी यादव
सर्लाही : समाचार प्रकाशनकै विषयलाई लिएर सशस्त्र प्रहरी बलका सादा पोसाकमा खटिने सुरक्षाकर्मी (घुमुवा) बाट एक पत्रकारले ज्यान मार्ने धम्की पाएको घटना बाहिर आएको छ ।

रेडियो मलङ्गवा ९५.६ मेगाहर्जका अध्यक्ष तथा पत्रकार सरोज यादवलाई सशस्त्र प्रहरीका सहायक हवल्दार रोशन मिश्र र निलम्बित हवल्दार आत्माराम यादव संलग्न समूहले धम्की दिएको आरोप लागेको हो ।


बरहथवाका व्यापारी राजेश महतो नुनियाको मोबाइल फोन प्रयोग गरी सहायक हवल्दार मिश्रले पत्रकार यादवलाई फोनमार्फत ‘तिमी धेरै बाँच्ने छैनौ’ र ‘मार्नका लागि मान्छे लगाइ सकेको छु’ भन्ने आशयको धम्की दिएको अडियो सार्वजनिक भएको छ ।


पीडित पत्रकारका अनुसार मलङ्गवाबाट बरहथवातर्फ जाँदै गर्दा हिरापुर ब्यारेज चोकमा उक्त समूहले उनलाई घेरा हालेर भौतिक आक्रमण गर्ने प्रयास समेत गरेको थियो । घटनापछि पत्रकार सुरक्षाप्रति गम्भीर प्रश्न उठेको भन्दै दोषीमाथि छानबिन गरी कडा कारबाहीको माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार