https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

माेरङ, माघ २२ गते ।
प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति मोरङको आयोजनामा संस्थाको २८ औँ स्थापना दिवस तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार समेत वितरण गरिएको छ ।


प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष चीना थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो ।


सो अवसरमा प्रमुख अतिथि तथा पुरस्कार स्थापना गर्ने परिवारका सदस्यहरूले लेटाङ निवासी पत्रकार सुरेश अधिकारीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित नगद १७ हजार रुपैयाँ प्रदान गर्दै सम्मान गर्नुभएको हो ।


कार्यक्रमका क्रममा केक काटेर प्रेस चौतारी नेपालको स्थापना दिवस मनाइएको थियो ।


कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, प्रेस चौतारीका संस्थापक पदाधिकारी, पूर्वअध्यक्षहरू, पुरस्कार स्थापना गर्ने परिवारका सदस्यलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार