https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अभिमनु पटेल
रौतहट, माघ २२ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका रौतहट निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार रामअशिष राय यादवले भेटघाट कार्यक्रम तीब्र रूपमा गरिरहेको देखिन्छ ।

यसैक्रममा आज रौतहट क्षेत्र नं. २ अन्तर्गत ईशनाथ नगरपालिका वडा नं. १ बंजरहामा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यादवले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको समग्र विकास, जनअधिकार, सामाजिक न्याय र सुशासनका विषयमा छलफल गरेका थिए ।

भेटघाटका क्रममा यादवले जसपा नेपालको राष्ट्रिय एजेन्डा अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, मधेसको पहिचान र अधिकारको सुनिश्चितता, समानुपातिक समावेशी प्रतिनिधित्व, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी स्थानीय तहमा शिक्षा, स्वास्थ्य, सिँचाइ, सडक पूर्वाधार, खानेपानी, किसान र युवाका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले बताए । जनताको आवाज संसदसम्म पुर्‍याउने र विकासलाई कागजमा होइन, व्यवहारमा उतार्ने प्रतिनिधि आवश्यक छ, भन्दै उनले एकपटक सेवा गर्ने अवसर दिन मतदातासँग आग्रह गरे ।

स्थानीय बासिन्दाले समेत क्षेत्रको दीर्घकालीन विकासका लागि नयाँ सोच, स्पष्ट एजेन्डा र जनतासँग जोडिएको नेतृत्व आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।

जसपा नेपालले समावेशी मधेस, समृद्ध नेपालको राष्ट्रिय अभियान अन्तर्गत घर-घरमा पुगेर जनताका समस्या बुझ्ने र समाधानका लागि प्रतिबद्धता जनाउँदै चुनावी अभियानलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार