https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पर्सा, माघ २२ गते ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समिति पर्साले पर्सा जिल्लाका १६७ मतदानस्थलमध्ये ६० वटा मतदानस्थलको स्थलगत अनुगमन गरेको छ ।


प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा चारवटै सुरक्षा निकाय, जिल्ला निर्वाचन कार्यालय लगायतका सरोकारवाला निकायको टोलीले मतदानस्थल तथा केन्द्रहरूको निरीक्षण गर्दै सम्भावित सुरक्षा चुनौती पहिचान र आवश्यक पूर्वतयारीमा ध्यान केन्द्रित गरेको हो ।


प्रजिअ दाहालले जिल्लाका १६७ मतदानस्थलमध्ये हालसम्म ६० वटा मतदानस्थलको निरीक्षण सम्पन्न भइसकेको जानकारी दिँदै निरीक्षणका क्रममा देखिएका चुनौतीका आधारमा सुरक्षा रणनीति तयार पार्ने काम भइरहेको बताए ।


उनले भने, “दैनिक रूपमा मतदानस्थलको अनुगमन गरी त्यहाँ देखिने सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आवश्यक रणनीति बनाइँदैछ । अहिले विशेषगरी दिउँसो १ बजेपछिको समयमा निरीक्षणलाई तीव्र बनाइएको छ।”


निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सबै निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै प्रजिअ दाहालले उम्मेदवार, आम नागरिक र सञ्चारकर्मी सबैले निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए ।


जिल्लामा करिब १०७ किलोमिटर खुला सीमाना रहेको उल्लेख गर्दै निर्वाचन अवधिमा शान्ति सुरक्षालाई थप चुस्त बनाइने उनले बताए ।
यसैगरी, पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले निर्वाचनलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।


जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारले मतदाता शिक्षा सम्बन्धी प्रचार–प्रसार कार्यक्रम सञ्चालनको तयारी भइरहेको बताउँदै निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गर्न नपाउने स्पष्ट पारिन् । उनले उम्मेदवारहरूलाई यस विषयमा विशेष सतर्कता अपनाउन आग्रह गरिन् ।


पर्सा जिल्लाका १६७ मतदानस्थलमध्ये ६२ वटा अति संवेदनशील, ८५ वटा संवेदनशील र २० वटा कम संवेदनशीलको सूचीमा राखिएको छ । निर्वाचन क्षेत्रअनुसार क्षेत्र नं १ मा ३४, क्षेत्र नं २ मा ३८, क्षेत्र नं ३ मा ४७ र क्षेत्र नं ४ मा ४८ मतदानस्थल रहेका छन् ।


जिल्लाभरि ४४१ मतदान केन्द्र तथा २ वटा अस्थायी मतदान केन्द्र रहेका छन्। पर्सामा चार निर्वाचन क्षेत्र छन्, जसअन्तर्गत क्षेत्र नं १ मा १०३, क्षेत्र नं २ मा ११० तथा क्षेत्र नं ३ र ४ मा समान ११४ मतदान केन्द्र रहेका छन् ।


पर्सा जिल्लामा कूल ३ लाख ७६ हजार ५१३ मतदाता रहेका छन् ।तीमध्ये १ लाख ६४ हजार ४२१ महिला, २ लाख १२ हजार ७७ पुरुष तथा १५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार