राजेश सिंह
गाैशाला, माघ २२ गते ।
महोत्तरीकाे गौशला नगरपालिका–१२ पररीयामा दिउँसो करिब २:५५ बजेकाे समयमा बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लाग्दा एक युवक गम्भीर घाइते भएका छन् ।
स्थानीय सोनमा गाउँपालिका–५ खैरबनी बस्ने दुखा यादवका छोरा अन्दाजी वर्ष २५ काे रंजित यादव पोलमा चढेर तार जोड्ने क्रममा माथिल्लो ११ हजार भोल्टको तार छुन गइ करेन्ट लाग्दा घाइते भएका हुन् ।
घाइते युवकलाई उपचारका लागि बर्दिबासको शुभ स्वास्तिक अस्पताल लगिएको थियो । सामान्य उपचार पछि थप उपचारका लागि उनलाई काठमाण्डौँ लगिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक रमेश कुमार लामाले जानकारी दिनुभयो ।

