https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, माघ २३ गते ।
मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईँलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।


काठमाडौंको चाल्नाखेल क्षेत्रबाट प्रहरी टोलीले प्रसाईँलाई नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार उनीविरुद्ध साइबर ब्युरोमा दर्ता उजुरीका आधारमा पक्राउ गरिएको हो ।


यसअघि करिब दुई साताअघि हाजिरी जमानीमा रिहा भएका प्रसाईँलाई प्रहरीले शुक्रबार फेरि नियन्त्रणमा लिएको हो । उनले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयलाई लिएर कांग्रेस नेता गगन थापामाथि आर्थिक चलखेल भएको भन्दै सार्वजनिक रूपमा आरोप लगाएको विषयमा अनुसन्धान अघि बढाइएको जनाइएको छ ।


उक्त विषयमा निर्वाचन आयोगले समेत आवश्यक कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार गरेपछि उनीमाथि अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ । हाल प्रसाईँमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार