सप्तरी, माघ २४ गते ।
सप्तरीको तत्कालीन रायपुर गाउँ विकास समितिका पूर्व उपाध्यक्ष हिरालाल मण्डल नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
वडा नम्बर २ स्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा जसपा नेपालका अध्यक्ष तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले मण्डललाई पार्टीमा स्वागत गरेका हुन् ।
अध्यक्ष यादवले माला, टीका र गम्छा लगाएर मण्डललाई स्वागत गरेको जानकारी पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले दिएका छन् । मण्डल लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहँदै स्थानीय राजनीतिमा सक्रिय रहेको छ ।

