https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ २४ गते ।
जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहनुभएका अग्रज पत्रकार वैधनाथ चौधरीको आज बिहान असामयिक निधन भएको छ। परिवार स्रोतले निधनको जानकारी सार्वजनिक गरेसँगै महोत्तरीको पत्रकारिता जगत् शोकमा डुबेको छ ।


सत्य, निर्भीकता र जिम्मेवारीलाई मूल मूल्य मान्दै पत्रकारितामा समर्पित रहनुभएका चौधरीले वर्षौंसम्म स्थानीय मुद्दा, जनसरोकारका विषय तथा सामाजिक विकृतिविरुद्ध निरन्तर लेखन गर्नुभएको थियो। उहाँको योगदानले जिल्लाको पत्रकारितालाई सशक्त बनाएको भन्दै सहकर्मी पत्रकार, सामाजिक व्यक्तित्व तथा पाठकहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।


उहाँको निधनले महोत्तरीले एक इमानदार, निडर र प्रतिबद्ध पत्रकार गुमाएको अनुभूति गरिएको छ। चौधरीका लेख, विचार र पत्रकारिताप्रतिको संघर्ष आगामी पुस्ताका लागि प्रेरणाको स्रोत रहने सहकर्मीहरूको भनाइ छ ।


यस दुःखद घडीमा राजधानी टुडे परिवारले स्वर्गीय वैधनाथ चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।


स्वर्गीय चौधरीको योगदान महोत्तरीको पत्रकारिता इतिहासमा सधैं स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार