https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा
कपिलवस्तु : लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कोपिया परियोजना कार्यान्वयनका लागि फिल्ड सर्वेक्षण सुरु गरिएको छ।
लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लामा जिल्लागत सर्वेक्षण सुरु भएको परियोजनाकी प्रमुख डा. पल्लबी कुमारी सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय कृषि अनुसन्धान परिषद् (NARC) ले अन्नबालीमध्ये धानलाई प्राथमिकतामा राखी तीन वर्षे अवधिका लागि विकसित प्रजातिहरूको एकीकरण, गुणस्तरीय बीउ उत्पादनमा केन्द्रित रहेर काम गर्नेछ । परियोजनाको मुख्य उद्देश्य कम ग्लाइसेमिक सूचकांक भएको धानका प्रजाति पहिचान गर्नु, त्यसबारे किसान तथा सरोकारवालामाझ जागरूकता सिर्जना गर्नु रहेको डा. सिंहले बताउनुभयो ।


हाल लुम्बिनी प्रदेशका तीनवटै जिल्लामा आधारभूत सर्वेक्षण भइरहेको छ। कपिलवस्तु जिल्ला समेत समेटिएकाले धानका पकेट क्षेत्रहरूमा अध्ययन तथा अनुसन्धान प्रक्रिया अघि बढिसकेको छ। राष्ट्रिय धान अनुसन्धान कार्यक्रम र राष्ट्रिय गहुँ अनुसन्धान कार्यक्रमका आधारभूत सर्वेक्षण अधिकारीहरूको संयुक्त टोलीले परियोजनाका लागि काम गरिरहेको छ ।


यसै क्रममा वरिष्ठ वैज्ञानिक योगेन्द्र आचार्यले सर्वेक्षणमा संलग्न अधिकारीहरूलाई अभिमुखीकरण दिनुभएको छ। परियोजनाअन्तर्गत कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–११ मा अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरिएको थियो। कार्यक्रममा चामल संयोजक डा. मथुरा यादवले कोपिया परियोजनाको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।


सर्वेक्षणका क्रममा NWRP का प्राविधिक अधिकृत राजेन्द्र यादवले विभिन्न सरोकारवालाबीच समन्वय सहजीकरण गर्नुभएको छ।
वसन्त ऋतुको धानका लागि कम अवधिका गुणस्तरीय बीउ तथा उत्पादन प्रविधिमा अनुसन्धान गरी किसानको आर्थिक अवस्था सुधार गर्ने परियोजनाको लक्ष्य रहेको छ। कोपिया परियोजना लुम्बिनी प्रदेशका धान पकेट जिल्ला कपिलवस्तु, रुपन्देही र नवलपरासीका साथै मधेश प्रदेशका धनुषा र महोत्तरी जिल्लामा समेत लागू हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार