https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, माघ २६ गते ।
अस्ट्रेलियाको पर्थ सहरमा अनियन्त्रित कार घरभित्र पस्दा घरमा सुतिरहेकी एक नेपाली महिलाको ज्यान गएको छ। दुर्घटनामा सुनसरीको इनरूवा नगरपालिका–३ गुरुङ टोलकी ५३ वर्षीया विष्णुकुमारी गुरुङ (हिमाली)को मृत्यु भएको हो ।

प्रहरीका अनुसार शुक्रबार राति करिब ११ः४० बजे पहेँलो रंगको फोर्ड फल्कन सेडान एलेक्जान्डर रोडमा गुडिरहेको बेला सडक छाडेर रिभरभेलस्थित एक युनिटमा ठोक्किएको थियो। घरभित्र ओछ्यानमा सुतिरहेकी गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

परिवारका अनुसार गुरुङ तीन दिनअघि मात्र नेपालबाट छोरीलाई भेट्न अस्ट्रेलिया पुगेकी थिइन्। उनी मंगलबार पर्थ आइपुगेकी थिइन् र नातिसँग समय बिताउने योजनामा थिइन् । मृतककी छोरी निशा गुरुङले आइतबार सञ्चारमाध्यमसँग कुरा गर्दै भनिन्, “उहाँ सुरक्षित स्थानमा ओछ्यानमा सुतिरहनुभएको थियो। हामीसँग समय बिताउन यहाँ आउनुभएको थियो।” उनले यो घटना अझै पनि आफैंका लागि डरलाग्दो स्मृति बनेको बताउँदै न्यायको आशा व्यक्त गरिन् ।

परिवारले अन्त्येष्टि खर्च र नेपालबाट आफन्त ल्याउन सहयोग जुटाउने उद्देश्यले अनलाइनमार्फत चन्दा संकलन सुरु गरेको छ। चन्दासँगै प्रकाशित सन्देशमा विष्णुकुमारी गुरुङलाई जीवन्त, दयालु, आत्मीय र निःस्वार्थ महिला भएको उल्लेख गरिएको छ। “उहाँ हाम्रो परिवारको आत्मा, शक्ति र सान्त्वनाको स्रोत हुनुहुन्थ्यो। अचानक भएको निधनले हाम्रो जीवनमा अपूरणीय शून्यता ल्याएको छ,” सन्देशमा भनिएको छ ।

यस घटनामा प्रहरीले ३६ वर्षीय राइस हकिङ्सलाई ‘म्यानस्लाटर’ (हत्या सरहको अपराध) तथा सम्पत्ति क्षतिको अभियोगमा पक्राउ गरेको छ। उनलाई शनिबार अदालतमा पेश गरी हिरासतमा राखिएको छ। हकिङ्सलाई फेब्रुअरी १८ मा पुनः अदालतमा उपस्थित गराइनेछ ।

घटनास्थल नजिकै बस्ने छिमेकी अली कुरिम्भोईले ठक्करको आवाज “विमान छतमा खसेजस्तो” लागेको बताए। “ठूलो आवाजले निद्रा खुल्यो। केही मिनेटमै प्रहरी र एम्बुलेन्स आइपुगे, अवस्था निकै अव्यवस्थित थियो,” उनले भने ।

पर्थमा कार घरमा ठोक्किने घटना असामान्य नभए पनि घरभित्र रहेका व्यक्तिको मृत्यु हुने घटना भने दुर्लभ मानिन्छ। यसअघि सन् २०११ मा ‘सेफ्टी बे’ क्षेत्रमा मदिरा सेवन गरेर गाडी चलाएको एक किशोर चालकले घरमा ठोक्किँदा एक व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार