मोरङ, माघ २६ गते ।
मोरङको ग्रामथान गाउँपालिका ५, सोमबारेमा प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रदेश १–०१–००२ ह ३९७३ नम्बरको सिटी सफारी रोकी चेकजाँच गर्ने क्रममा लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
चेकजाँचका क्रममा सिटी सफारी चालक मोरङ सुन्दरहरैँचा नगरपालिका ११ का २५ वर्षका रञ्जित साह र ग्रामथान गाउँपालिका ५ ७३ वर्षका भकुलाल विश्वास थारुको साथबाट Spaspan १५०० ट्याब्लेट र Tramadol १०२० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका दुबैजना विरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीबाट लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।


