https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, माघ २७ गते ।
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापमा तामाकोशी नदीमा खसेको छ । दुर्घटनास्थलबाट हालसम्म ११ जनाको उद्धार गरी अस्पताल पठाइएको छ। उद्धार गरिएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए। उनका अनुसार गम्भीर घाइतेहरू बेहोस अवस्थामा छन् ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) भोला भट्टका अनुसार घाइतेहरूलाई मन्थली र खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको छ। बस नदीमा डुबेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको उनले बताए ।


प्रहरीका अनुसार रामेछापको मचानेटार भन्ने स्थानबाट प्रदेश ३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको हो। बसमा कति यात्रु सवार थिए भन्ने यकिन तथ्यांक अझै सार्वजनिक भइसकेको छैन ।


उद्धार कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित गरिएको छ । अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट पाँच जना र चाबहिलबाट तीन जना यात्रुले टिकट काटेका थिए। बसमा चालक, सहचालक, बस व्यवसायी र बाटोबाट चढेका यात्रुसमेत गरी करिब १३ जना सवार रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार