https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रहमुल
सप्तरी, माघ २७ गते ।
नेपाली काङ्ग्रेस पार्टीका केन्द्रीय सभापति गगन थापाले सप्तरीको कदमाहामा आयोजित कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गरेका छन् । कार्यक्रममा देखिएको नेता–कार्यकर्ताको भरीभराउ उपस्थितिले कांग्रेसको सांगठनिक शक्ति र उत्साह स्पष्ट रूपमा झल्किएको थियो ।

केन्द्रीय सभापति थापाको उपस्थितिसहितको कार्यक्रमले सप्तरी निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार तेजुलाल चौधरीलाई ठूलो राजनीतिक सहयोग पुगेको कांग्रेस नेताहरूले बताएका छन् । कदमाहामा देखिएको जनसहभागिता र कार्यकर्ताको सक्रियताले क्षेत्र नं. ४ मा नेपाली कांग्रेस मजबुत अवस्थामा रहेको प्रमाणित भएको उनीहरूको भनाइ छ ।

सम्बोधनका क्रममा नेता थापाले पार्टीलाई अझ सशक्त बनाउँदै जनताको भरोसा जित्न नेता–कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए । उनले विकास, सुशासन र लोकतान्त्रिक मूल्य–मान्यताका लागि कांग्रेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सबैलाई जिम्मेवारीका साथ अघि बढ्न आह्वान गरे ।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । कदमाहामा भएको यो भेला कांग्रेसको चुनावी माहोल थप उत्साहजनक बनाएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार