गाैशाला, माघ २९ गते ।
महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा रहेको रामजानकी अटो प्रा.लि.ले बजाज कम्पनीका मोटरसाइकल तथा स्कुटरको साटासाट मेला लगाएकाे छ ।

कम्पनीले आज माघ २९ गतेदेखि फाल्गुन ५ गतेसम्म ६ दिने मेला लगाएको हो । मेलामा ग्राहकले जुनसुकै कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ बजाज सवारी साधन खरिद गर्न सक्नेछन् । सटासाट मेलामा अरु कम्पनी भन्दा बजाजकाे मोटरसाइकल तथा स्कुटरलाई १०-१५ हजार बढी (Valuation) मूल्यांकन गरिनेछ ।

रामजानकी अटो प्रा.लि.का संचालक प्रमोद शाहका अनुसार मेलामा मोटरसाइकल खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ । साथै नागरिकताको आधारमा सहज किस्ताबन्दीमा र नगदमा आकर्षक छुटको व्यवस्था समेत गरिएको छ । प्रत्येक मोटरसाइकल तथा स्कुटरकाे खरिदमा ७ हजार नगद छुटकाे व्यवस्था रहेको संचालक शाहले जनाए ।

कम्पनीले मेलामा आउने ग्राहकलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरिने जानकारी दिए । मोटरसाइकल खरिद गर्न चाहने उपभोक्तालाई समयमै मेलामा सहभागी हुन कम्पनीले आग्रह गरेको छ । थप जानकारीका लागि रामजानकी अटो प्रा.लि. काे माे. 9808366400 मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार