https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

मटिहानी, माघ २९ गते ।
महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरा गाउँमा ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको दुःखद मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार आज दिउँसो खेत जोत्ने क्रममा भएको दुर्घटनामा स्थानीय इमरान राइनकी सात वर्षीया छोरी फरहाना खातुन र समतुल्लाह राइनकी आठ वर्षीया छोरी रफिया खातुनको घटनास्थलमै मृत्यु भएको हो ।


प्रहरीका अनुसार ज १ त ९७८२ नम्बरको ट्याक्टरले स्थानीय गरिब आलमको खेत जोतिरहेको अवस्थामा ती बालिकाहरू ट्याक्टरमा बसेका थिए । सोही क्रममा अचानक दुवै जना रोटाभेटरमुनि खस्दा घाँटीमा गम्भीर चोट लागेर घटनास्थलमै ज्यान गएको बताइएको छ ।


घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार