https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ २९ गते ।
आम जनता पार्टी (आजपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि तयार पारेको चुनावी घोषणापत्र शुक्रबार सार्वजनिक गर्ने भएको छ । घोषणापत्र लेखन कार्य सम्पन्न भइसकेकाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागिएको पार्टीले जनाएको छ ।


काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा शुक्रबार बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गरी घोषणापत्र सार्वजनिक गरिने आजपाका कार्यालय सदस्य रविन्द्र सिंहले जानकारी दिए । कार्यक्रममा पार्टी अध्यक्ष प्रभु साहसहित नेता ऋषी धमला लगायतका नेताहरूको उपस्थिति रहने बताइएको छ ।


आजपाले हालको शासन व्यवस्था, दलतन्त्र र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्दै आएको दाबी गर्दै आएको छ । पार्टीले शासन व्यवस्थामा आम जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने एजेन्डा अघि सार्दै आएको जनाएको छ । अध्यक्ष साहले विभिन्न चुनावी भेटघाट तथा छलफल कार्यक्रममा ‘जनताको सरकार’ स्थापना गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् ।


साहले जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै त्यसलाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएका छन् । उनले आन्दोलनका क्रममा भएका घटनाबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने धारणा पनि सार्वजनिक रूपमा राख्दै आएका छन् ।


आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक हुन लागेको घोषणापत्रमा स्थिरता, सुशासन, विकास, प्रणाली सुधार तथा जनउत्तरदायी शासन व्यवस्थाका विषय समेटिने अपेक्षा गरिएको छ ।


‘अब की बार जनता सरकार’ भन्ने नारासहित आजपाले मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आह्वान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार