https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

एजेन्सी
टर्कीको संसद्‌मा बुधबार नयाँ न्यायमन्त्रीको शपथ ग्रहणका क्रममा सत्तारुढ र विपक्षी सांसदहरूबीच तीव्र झडप भएको छ । धकेलाधकेल र मुक्का हानाहानसम्म पुगेको घटनाले केहीबेर संसद्‌को वातावरण तनावग्रस्त बनेको थियो ।


राष्ट्रपति रजेप तैयप एर्दोगानले इस्तानबुलका पूर्व प्रमुख अभियोजक अकिन गुर्लेकलाई न्यायमन्त्रीमा नियुक्त गरेपछि विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी)का सांसदहरूले कडा विरोध जनाएका थिए। विपक्षी सांसदहरूले गुर्लेकलाई रोस्ट्रमसम्म पुग्न अवरोध गर्न खोजेपछि स्थिति नियन्त्रणबाहिर गएको बताइएको छ ।


सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा सांसदहरू एक–अर्कामाथि जाइलाग्दै मुक्का प्रहार गरेको दृश्य देखिन्छ। झडपका क्रममा केही सांसदहरूको हात तथा अनुहारमा सामान्य चोट लागेको जनाइएको छ ।


सीएचपीका अध्यक्ष ओजगुर ओजेलले नियुक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई राजनीतिक कदमको संज्ञा दिएका छन् । उनका अनुसार गुर्लेकमाथि विगतमा विपक्षी नेताहरूविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको आरोप लाग्दै आएको छ । संसद्‌मा बोल्दै विपक्षी दलका एक नेताले न्यायपालिकालाई राजनीतिक हतियारका रूपमा प्रयोग गरिएको आरोप लगाए ।


यता, सत्तारुढ एके पार्टीका प्रवक्ता ओमार चेलिकले भने विपक्षीको व्यवहारलाई असंसदीय भन्दै सरकारको निर्णयको बचाउ गरेका छन्। उनले जननिर्वाचित सरकारले गर्ने नियुक्तिमा अवरोध सिर्जना गर्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको दाबी गरे । साथै न्यायपालिका स्वतन्त्र रूपमा सञ्चालन हुने विषयमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।


गुर्लेक इस्तानबुलका प्रमुख अभियोजक रहँदा मेयर एकरेम इमामोग्लुसहित सीएचपीका विभिन्न नेतामाथि मुद्दा दर्ता गरेका थिए । त्यसै कारण उनको नियुक्ति राजनीतिक रूपमा विवादित बनेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार