https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ २९ गते ।
झापामा अटो प्रयोग गरी लागूऔषध ओसारपसार गर्ने चार जना युवा–युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


पक्राउ पर्नेहरूमा अटो चालक शिवसताक्षी नगरपालिका–२ मनोहरा घर भई हाल दमक–८ बस्दै आएका ३४ वर्षीय दिलकुमार विश्वकर्मा, गौरादह–८ भुँडीसिमलका २७ वर्षीय अमन ताजपुरिया, सुनसरी धरान उपमहानगरपालिका–१६ घर भई हाल दमक–८ बस्ने १९ वर्षीया दिपा परियार तथा मोरङ बेलबारी–९ घर भई हाल दमक–८ बस्ने १९ वर्षीया पार्वती चौधरी रहेका छन् ।


प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा मे १ ह ५६६७ नम्बरको अटो रोकी खानतलासी गर्दा लागूऔषध बरामद गरिएको हो । अटोको खुट्टा राख्ने म्याटमुनि लुकाइ राखिएको अवस्थामा प्लास्टिकसहित ७ ग्राम ५०० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम ९० मिलिग्राम ब्राउन सुगर फेला परेको जनाएको छ ।


बरामद लागूऔषधसहित चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार