https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

माेरङ, फाल्गुन २ गते ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा प्रदेश स्तरीय अन्तर–विद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता २०८२ दमक–६ स्थित डेलिया मन्टेश्वरी स्कुलको प्राङ्गणमा सम्पन्न भएको छ ।


कार्यक्रम नेसनल प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनालको अध्यक्षता तथा दमक नगरपालिकाका मेयर राम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


अध्यक्ष खनालले कार्यक्रममा बोल्दै लोक संस्कृति हाम्रो पहिचानको मूल आधार रहेको उल्लेख गर्दै विद्यालयस्तरबाटै विद्यार्थीलाई आफ्नै कला, भाषा र परम्पराप्रति गर्व गर्ने वातावरण बनाउनु आवश्यक रहेको बताए । यस्ता प्रतियोगिताले प्रतिभा प्रस्फुटनसँगै सांस्कृतिक चेतना फैलाउने विश्वास उनले व्यक्त गरे ।


प्रमुख अतिथि मेयर थापाले शिक्षा केवल पुस्तकमा सीमित नभई समाजको संस्कृति र मूल्यलाई समेत अघि बढाउनुपर्ने धारणा राखे । विद्यार्थीहरूले प्रस्तुत गरेको नृत्यले समाजको विविधता र एकताको सन्देश दिएको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार