गाैशाला, फाल्गुन ४ गते ।
नेपाल आयल निगम ले इन्धनको मूल्य समायोजन गर्दै आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको दर बढाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरिएको हो ।
नयाँ दरअनुसार काठमाडौँ, पोखरा र दिपायल मा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ भने सुर्खेत र दाङ मा १५५ रुपैयाँ कायम गरिएको छ । त्यस्तै चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज मा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
यसैगरी मट्टीतेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।


