https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

शिव अधिकारी यदुवंशी
जनकपुरधाम, फागुन ३ गते ।
बुवाको निधनपछि किरिया विदा सकेर काममा फर्किएका सब–इन्जिनियर प्रमोद कुमार यादवमाथि गोली प्रहार हुँदा मृत्यु भएको छ । घटना मलंगवा नगरपालिका–१० देवीटोलमा शुक्रबार साँझ भएको हो ।


३६ वर्षीय यादव केही समयअघि बुवाको निधनपछि गाउँमा रहेका थिए । किरिया सकेर उनी आइतबार मात्रै डेरामा फर्किएको सहकर्मीहरूले बताएका छन् । साँझ घर अगाडि सामान्य काम गरिरहेकै बेला अज्ञात समूहले नजिकबाट गोली प्रहार गरेको स्थानीयले बताएका छन् । गोली लागेर उनी घरको प्यासेजमै ढलेका थिए ।


गम्भीर अवस्थामा उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिए पनि उपचारका क्रममा चिकित्सकले साँझ ८ः३७ बजे मृत घोषणा गरेका थिए। अस्पताल स्रोतका अनुसार उनको मुटुको नजिक गोली लागेको थियो ।


घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाही का डिएसपी सरोज राईले अनुसन्धान सुरु भएको र संलग्न व्यक्तिको खोजी भइरहेको जानकारी दिएका छन् । एक महिनाभित्र बुवा र छोराको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ भने सहकर्मी र आफन्तहरू स्तब्ध बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार