https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


धनुषा : ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरूको भूमिका’ विषयक कार्यशाला गोष्ठी आज धनुषामा सम्पन्न भएको छ । कार्यक्रम निर्वाचन आयोग, नेपाल को समन्वय तथा जिल्ला निर्वाचन कार्यालय धनुषा को आयोजनामा भएको हो ।


गोष्ठीमा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन, कानुनी प्रावधान, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा सुधारका सम्भावित उपायबारे विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ ।


वक्ताहरूले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेकोमा जोड दिएका थिए । साथै निर्वाचन प्रक्रियामा पारदर्शिता र विश्वास कायम राख्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार