गाैशाला, फाल्गुन ५ गते ।
महोत्तरीमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रूपमा पैदल गस्ती तीब्र पारेका हुन् ।
संयुक्त टोलीले जिल्लाका संवेदनशील क्षेत्र, मुख्य बजार तथा सीमा आसपासका स्थानहरूमा निगरानी बढाउँदै नियमित गस्ती सञ्चालन गरिरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । सुरक्षा निकायले सम्भावित आपराधिक गतिविधि नियन्त्रण, अवाञ्छित गतिविधि रोकथाम तथा मतदातामा सुरक्षाको अनुभूति गराउने लक्ष्यसहित अभियान अघि बढाएको उहाँले बताए ।
यससँगै निर्वाचन अवधिभर सुरक्षा सतर्कता उच्च बनाइने र आवश्यक परे थप सुरक्षा परिचालन गरिने जनाइएको छ ।



