धनुषा, फाल्गुन ५ गते ।
धनुषाधाम क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा धनुषा जिल्लाको महेन्द्रनगर–५, कुचाइ निवासी दुई युवाको ज्यान गएको छ ।
मृत्यु हुनेमा दिनेश साह र रामभरोस शर्मा रहेका छन् । दुर्घटनापछि दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो । चिकित्सकले जाँच गर्ने क्रममा उनीहरूलाई मृत घोषणा गरेको अस्पताल स्रोतले जनाएको छ ।
हाल दुवै जनाको शव सोही अस्पतालमा राखिएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

