काठमाडौं, फाल्गुन ६ गते ।
बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। दुर्घटनापछि आक्रोशित स्थानीयवासी सडकमा उत्रिएका छन् ।
स्थानीयले दुर्घटनामा संलग्न टिपरमा आगजनी गरेका छन् । मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन जारी राखिएको छ ।
प्रदर्शनका कारण बनेपामा सवारी आवागमन अवरुद्ध भएको छ ।
अवस्था नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले स्थिति सामान्य बनाउन प्रयास गरिरहेको जनाएको छ ।

