https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, फाल्गुन ५ गते ।
ICC Men’s T20 World Cup 2026 अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा ऐतिहासिक जित दर्ता गरेको छ ।

वानखेडे स्टेडियममा १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। सन् २०१४ यता पहिलो पटक विश्वकपमा जित निकाल्दै टोलीले प्रतियोगिताको अन्त्य सुखद बनायो ।


नेपालको जितका प्रमुख नायक बने Dipendra Singh Airee। उनले दबाबपूर्ण अवस्थामा आक्रामक अर्धशतक प्रहार गर्दै इनिङ्स सम्हाले र निर्णायक साझेदारीमार्फत टोलीलाई जिततर्फ डोर्‍याए।
समूह चरणमा इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँग पराजित हुँदै सुपर–एट पुग्ने लक्ष्य असफल भए पनि नेपालले अन्तिम खेलमा सान्त्वना जित निकाल्दै समर्थकलाई खुसी दियो ।


बलिङतर्फ डेथ ओभरमा नेपाल प्रभावशाली देखियो। अन्तिम पाँच ओभरमा ६ विकेट लिँदै मात्र ३९ रन खर्चिएको नेपालका लागि Sompal Kamiले ४ ओभरमा २५ रन दिँदै ३ विकेट लिए। Nandan Yadavले २ विकेट हात पारे भने Rohit Paudel र Kushal Bhurtelले १–१ विकेट लिए। यससँगै सोमपाल टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक ९ विकेट लिने खेलाडी बनेका छन् ।


१२ वर्षपछि विश्वकपमा आएको यो जितले नेपाली क्रिकेटको मनोबल उकास्दै अन्तर्राष्ट्रिय मञ्चमा टोलीको उपस्थितिलाई पुनः बलियो बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार