https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, फाल्गुन ६ गते ।
सर्लाहीको मलङ्गवामा कार्यरत सब-इन्जिनियर प्रमोद कुमार यादवको अज्ञात समूहले गोली हानी हत्या गरेको घटनाप्रति महोत्तरीको गौशाला नगरपालिकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घोर भर्त्सना गरेको छ ।नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै यस जघन्य अपराधको कडा शब्दमा निन्दा गरेको हो ।



विज्ञप्तिमा उल्लेख भए अनुसार, मिति २०८२ फागुन ३ गते महाशिवरात्रि पर्वको दिन साँझ करिब ७:५० बजे पूर्वाधार विकास कार्यालय, मलङ्गवामा कार्यरत सिरहा जिल्ला सुखीपुर न.पा.-०९, बैशाखा निवासी सब-इन्जिनियर प्रमोद कुमार यादवलाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो । यो दुःखद घटनाले नगरपालिकाका सम्पूर्ण कर्मचारीहरू स्तब्ध र मर्माहत भएको जनाइएको छ ।



गौशाला नगरपालिकाको कार्यालयले स्वर्गीय राष्ट्र सेवक कर्मचारी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन, आफन्त तथा सहकर्मीहरूमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, नगरपालिकाले उक्त घटनामा संलग्न दोषीलाई तत्काल पहिचान गरी कानुन बमोजिम हदैसम्मको सजाय दिन र भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन नेपाल सरकार समक्ष जोडदार माग समेत गरेको छ ।

प्रेस विज्ञप्तिमा गौशाला नगरपालिकाका विभिन्न तहका कर्मचारीहरूले सामूहिक हस्ताक्षर गर्दै कर्मचारीहरूको सुरक्षा र न्यायको सुनिश्चितताका लागि आवाज उठाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार