https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन ७ गते ।
फागुन ७ गते पर्ने राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। २००७ सालको जनआन्दोलन मार्फत निरंकुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाउने परम्परा रहेको छ ।


प्रजातन्त्र स्थापनाका लागि जीवन बलिदान दिने शहीदहरू — दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री — प्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवस मनाइन्छ। उनीहरूको योगदानले नेपाली जनतालाई राजनीतिक अधिकार र स्वतन्त्रताको मार्गतर्फ डोर्‍याएको इतिहासमा उल्लेख छ ।


जनक्रान्तिपछि स्थापना भएको प्रजातान्त्रिक व्यवस्थाले नागरिकलाई मौलिक हक–अधिकार उपभोग गर्ने आधार प्रदान गरेको छ। हाल संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमार्फत प्रजातान्त्रिक मूल्य, मान्यता र संस्थागत संरचनालाई थप सुदृढ बनाउने प्रयास जारी छ ।


दिवसको मुख्य समारोह टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना हुँदैछ। समारोहका लागि प्रधानमन्त्री सुशीला कार्कीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। समितिमा नेपाल सरकारका मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा अन्य उच्च पदाधिकारीहरूको सहभागिता रहने जनाइएको छ। गृह मन्त्रालयका सचिव सदस्य–सचिवका रूपमा रहनेछन् ।


यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा घोषणा गरेको छ। राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले पनि दिवसका अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार