https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


बिराटनगर, फाल्गुन ८ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ को अग्रसरतामा सञ्चालन हुँदै आएको “सुरक्षित चालक” अभियान अन्तर्गत दोस्रो चरणमा सिटी सफारी चालकहरूलाई पोशाक (ज्याकेट) वितरण गरिएको छ ।


सिटी सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार र मर्यादित रूपमा सञ्चालन गर्ने उद्देश्यले सुरु गरिएको उक्त अभियानमा दर्ता भएका २१३ जना चालकहरूलाई ट्राफिक नियम, सुरक्षित सडक प्रयोग तथा जिम्मेवार चालकको भूमिकाबारे सचेतनामूलक जानकारी दिइएको थियो । त्यसपछि उनीहरूलाई “सुरक्षित चालक” लेखिएको ज्याकेट वितरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


कार्यक्रममा बोल्दै ट्राफिक प्रहरीका प्रतिनिधिहरूले सडक दुर्घटना न्यूनीकरणका लागि चालकको सचेतना, नियमपालना र यात्रुप्रति जिम्मेवारीबोध अत्यन्तै महत्वपूर्ण हुने बताएका थिए । अभियानले सिटी सफारी सेवामा अनुशासन कायम गर्दै यात्रुलाई सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।


ट्राफिक प्रहरीले आगामी दिनमा समेत यस्ता सचेतनामूलक तथा प्रोत्साहनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै सडक सुरक्षालाई थप प्रभावकारी बनाउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार