https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सप्तरी, फाल्गुन ८ गते ।
जनता समाजवादी पार्टी नेपाल का अध्यक्ष उपेन्द्र यादव ले सङ्घीयता विरोधी शक्तिहरूले प्रदेश संरचना खारेज गरी मधेशी समुदायलाई पुनः अधिकारविहीन बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।


सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले डाक्नेश्वरी नगरपालिका–८ स्थित पट्टीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै मधेशी जनतालाई सतर्क रहन आह्वान गरे । मधेश जनआन्दोलनबाट स्थापित सङ्घीय व्यवस्थालाई कमजोर पार्ने चलखेल भइरहेको उल्लेख गर्दै उनले भने, “सङ्घीयता विरोधी दलहरू प्रदेश खारेज गरी मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम लगायत उत्पीडित समुदायको अधिकार सीमित गर्न चाहन्छन् ।”


उनले नेपाली कांग्रेस र कम्युनिष्ट दलहरू सङ्घीयताप्रति सुरुदेखि सकारात्मक नरहेको दाबी गरे । साथै आफूलाई नयाँ शक्ति दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रदेश संरचना हटाउने पक्षमा रहेको आरोप लगाए । अघिल्लो निर्वाचनमा प्रदेशसभामा उम्मेदवारी नदिएको उल्लेख गर्दै उनले मतदातालाई भ्रममा नपर्न आग्रह गरे ।


यादवले हरेक राजनीतिक परिवर्तनमा सप्तरीको महत्वपूर्ण भूमिका रहे पनि राज्यका विभेदकारी नीतिका कारण अपेक्षित विकास हुन नसकेको टिप्पणी गरे । गरिबी, बेरोजगारी, अशिक्षा, पूर्वाधार अभाव र खानेपानी समस्याजस्ता मुद्दा अझै समाधान हुन नसकेको उनको भनाइ थियो ।


आफू सप्तरी–२ बाट निर्वाचित हुँदा स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा उल्लेखनीय पहल गरेको उल्लेख गर्दै उनले विराटनगरभन्दा ठूलो सुविधासम्पन्न अस्पताल भवन, कृषि विश्वविद्यालय, इन्जिनियरिङ कलेज, नर्सिङ कलेज तथा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता योजनाहरू अघि बढाएको बताए ।

ती योजनालाई पूर्णता दिन निरन्तरता आवश्यक रहेको उनको जिकिर थियो । आगामी निर्वाचनलाई संविधान संशोधनमार्फत सङ्घीयतालाई थप अधिकारसम्पन्न बनाउने अवसरका रूपमा व्याख्या गर्दै यादवले मतदातालाई गम्भीर भएर निर्णय गर्न आग्रह गरे ।


यसै दिन डाक्नेश्वरी नगरपालिकाको प्रवाहा, धामी टोल, भीमपुर र बिसहरिया लगायत स्थानमा आयोजित सभाहरूमा पनि अध्यक्ष यादवले सम्बोधन गरेको पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार