https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन १० गते ।
महोत्तरीकाे जलेश्वर नगरपालिका–९ (फुलहट्टा) मा “आफ्नो गाउँ आफै बनाऔँ युवा संघर्ष समिति” को पहलमा साप्ताहिक सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि सुरेश साह सोनार ले स्वच्छ र व्यवस्थित नगर निर्माणमा समुदायको सहभागिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले युवाहरूले देखाएको सक्रियता र जिम्मेवारीबोधले सकारात्मक सन्देश दिएको उल्लेख गर्नुभयो ।


अभियानमा स्थानीय युवा, टोलवासी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सडक, नाला र सार्वजनिक स्थलहरू सफा गर्नुका साथै सरसफाई र वातावरण संरक्षणबारे सचेतना अभिवृद्धि गर्ने गतिविधि सञ्चालन गरेका थिए। कार्यक्रममा जलेश्वर नगरपालिका ले डस्टबिन, मास्क, झारूलगायत आवश्यक सामग्री उपलब्ध गराएको जनाइएको छ ।


आयोजक समितिले यस्तो कार्यक्रमलाई नियमित बनाउँदै समुदायमा स्वच्छता संस्कार विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार