https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन ११ गते ।
प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभर मदिरा बिक्री–वितरणमा अस्थायी प्रतिबन्ध लगाएको छ ।


आइतबार जिल्ला प्रशासन कार्यालयमा आयोजित निर्वाचन लक्षित समन्वय बैठकले मतदान मितिभन्दा सात दिनअघि नै मदिराजन्य पदार्थको बिक्री र सार्वजनिक सेवनमा रोक लगाउने निर्णय गरेको हो । बैठकमा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।


सो निर्णयअनुसार फागुन १४ गतेदेखि निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्म महोत्तरी जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्णरूपमा निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारीद्वारा सोमबार जारी सूचनामा उल्लेख छ ।


सूचनाको उल्लंघन गर्दै मदिरा बिक्री वा सेवन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ । प्रतिबन्ध प्रभावकारी कार्यान्वयनका लागि सुरक्षा निकायहरूले नियमित अनुगमन गर्ने जनाइएको छ ।


निर्वाचन अवधिमा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न चालिएको यस कदममा होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणबाट सहयोगको अपेक्षा प्रशासनले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार