https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन ११ गते ।
महोत्तरीको गौशाला नगरपालिका–११ अन्तर्गत लक्ष्मिनिया चोकस्थित बाँके सब–डिभिजन वन कार्यालयको प्रांगणमा सोमबार बाँके मराहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

वन संरक्षण, दिगो व्यवस्थापन तथा अवैध कटानी नियन्त्रणमा उपभोक्ता समूहको भूमिका महत्वपूर्ण रहेको कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्रा (DFO) ले बताउनुभयो । उहाँले साझेदारी वनले स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्‍याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष बलराम यादवले आफ्नो कार्यकालमा विगतका अध्यक्षहरूले पूरा गर्न नसकेका विभिन्न योजनाहरू कार्यान्वयनमा ल्याएको दाबी गर्नुभयो । उहाँले वन क्षेत्रको घेराबार, नियमित सरसफाइ, अवैध कटानी नियन्त्रण, उपभोक्तालाई काठ वितरण लगायतको कार्यहरु गरेको छु ।

विशिष्ट अतिथि तथा अन्य वक्ताहरूले वन स्रोतको संरक्षणसँगै हरियाली प्रवर्द्धन, जैविक विविधताको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।

कार्यक्रमको सञ्चालन वन अधिकृत श्रीमती स्वेता झाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष रामशोगार्थ यादवले राखेका थियो ।

कार्यक्रममा समूहका अध्यक्ष बलराम यादवको अध्यक्षता, डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्राकाे प्रमुख अतिथि, विशिष्ट अतिथिका रूपमा समूहका संस्थापक अध्यक्ष रघुनाथ प्रसाद यादव, मधेश प्रदेशका महासचिव रजनिकान्त झा, मधेश प्रदेश निर्देशनालयका उपसचिव मनोज ठाकुर, मधेशी निजाम कर्मचारी राष्ट्रिय अध्यक्ष लालबाबु यादव, साझेदारी वन राष्ट्रिय महासंघकी प्रतिनिधि आरती यादव, साझेदारी वनका उपाध्यक्ष रामशोगार्थ यादव लगायत विभिन्न पदाधिकारी तथा उपभोक्ता सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार