https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, फाल्गुन १३ गते ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता खारेज गर्ने धारणा राख्ने राजनीतिक दलहरूप्रति सचेत रहन जनतालाई आग्रह गरेका छन् ।


महोत्तरीको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बल्वा नगरपालिका–स्थित पडौलमा आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संघीयता व्यवस्था हटाउने विचार सार्वजनिक रूपमा व्यक्त हुँदै आएको भन्दै मतदातालाई भ्रममा नपर्न सुझाव दिए ।

उनका अनुसार केही दलहरूले प्रदेश संरचनालाई अस्वीकार गर्दै चुनावी प्रक्रियामा समेत अस्पष्ट धारणा प्रस्तुत गरेका छन्, जसले उनीहरूको नीति र मार्गचित्र प्रस्ट नदेखिएको संकेत गर्छ ।


कार्यक्रममा उनले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछाने को अभिव्यक्तिलाई संकेत गर्दै, सङ्घीयता खारेजको विषयमा विगतमा सार्वजनिक रूपमा धारणा राखिएको तथ्यलाई स्मरण गराए । “सदन र सार्वजनिक मञ्च दुबै ठाउँमा संघीयता हटाउनुपर्ने अभिव्यक्ति दिइएको अवस्थामा मतदाताले गम्भीरता पूर्वक मूल्यांकन गर्नुपर्छ,” उनले भने ।


बालेन्द्र शाह (बालेन) सङ्घीयताप्रति सकारात्मक रहेको भन्ने प्रश्नमा यादवले व्यक्तिको धारणा र दलको आधिकारिक निर्णय फरक हुन सक्ने बताए । उनका अनुसार दलको नीति सभापति र केन्द्रीय नेतृत्वबाटै स्पष्ट हुन्छ ।


अध्यक्ष यादवले मधेशको अधिकार प्राप्तिका लागि विगतका आन्दोलन र बलिदानलाई स्मरण गर्दै अझै पनि सम्मान र अधिकारको संघर्ष जारी रहेको उल्लेख गरे । उनले मधेशको राजनीतिक विकल्पका रूपमा जसपा नेपाल नै पहिलो रोजाइ भएको दाबी गर्दै महोत्तरी सहित देशभरबाट उम्मेदवारी दिएका पार्टीका प्रतिनिधिहरू सक्षम र योग्य रहेको बताए ।


कार्यक्रममा पार्टीका संरक्षक महन्थ ठाकुर सहित स्थानीय नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो । अध्यक्ष यादवले आगामी निर्वाचनमा जसपा नेपालका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार