https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

भूमिका उपाध्याय
बर्दिवास, फागुन १८ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि महोत्तरी–१ मा राजनीतिक समीकरणमा नयाँ मोड आएको छ ।

उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ताले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै Communist Party of Nepal (Unified Marxist–Leninist) (एमाले)का उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका छन् ।


सोमबार बर्दिबासस्थित एमालेको निर्वाचन परिचालन समिति कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत गुप्ताले यस्तो निर्णय सार्वजनिक गरेका हुन्। उनले एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीलाई औपचारिक समर्थनपत्र समेत हस्तान्तरण गरे ।


गुप्ताको निर्णयले एमाले कार्यकर्तामा उत्साह थपिएको बताइएको छ। कोइरी यसअघि २०७९ सालको निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित भइसकेका छन् ।


उम्मेदवारी निष्क्रिय घोषणा गर्दै गुप्ताले वर्तमान राष्ट्रिय आवश्यकता र दीर्घकालीन हितलाई ध्यानमा राखेर समर्थन गर्ने निर्णय लिएको बताए। “राष्ट्रको स्वाधीनता, संविधानको रक्षा, सुशासन र महोत्तरीको विकासका लागि यो कदम आवश्यक ठानेको हुँ,” उनले संक्षिप्त प्रतिक्रिया दिए। साथै, उनले मतदातालाई एमालेका उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।


यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका भंगाहा नगरपालिका–९ का नेता बिरु खानले पनि पार्टी परित्याग गरी एमालेमा समाहित हुने घोषणा गरे ।


कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादव, केन्द्रीय अनुशासन आयोगका सदस्य दुर्गा दहाल र उम्मेदवार कोइरीले गुप्ता र खानलाई स्वागत गर्दै निर्वाचन अभियानमा साथ दिने निर्णयप्रति धन्यवाद व्यक्त गरे । उनीहरूलाई पार्टीभित्र उपयुक्त जिम्मेवारी प्रदान गरिने नेताहरूले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार