https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

एजेन्सी
इरानमाथि संयुक्त राज्य अमेरिका र इजरायल ले संयुक्त रूपमा आक्रमण थालेको भनाइ सार्वजनिक भएसँगै मध्यपूर्व क्षेत्रमा तनाव चुलिएको छ ।


मंगलबार नेपाली समय अनुसार बिहान करिब ४ बजे अबुधाबी नजिकैको आकाशमा निरन्तर विस्फोटका आवाज सुनिएको त्यहाँ रहेका नेपालीहरूले बताएका छन् ।


यसैबीच दोहा तर्फ पनि आक्रमण जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विशेष गरी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको हमिम सिटी क्षेत्रबाट केही युवाहरूले त्रासपूर्ण अवस्था रहेको जानकारी परिवारजनलाई गराइरहेका छन्।
सिन्धुपाल्चोकका प्रमोद चौलागाईंले फोनमार्फत भने, “निरन्तर पड्किरहेको छ। हामी के गर्ने, कहाँ जाने भन्ने अन्योलमा छौं। मोबाइलमा लगातार अलर्ट आइरहेको छ ।”


अन्तर्राष्ट्रिय सञ्चारमाध्यम Al Jazeera का अनुसार स्थानीय समय राति करिब १:४० बजे दोहाको आकाशमा पाँच वटा ठूला विस्फोटका आवाज गुन्जिएको थियो। हालसम्म मानवीय वा भौतिक क्षतिको आधिकारिक पुष्टि भने भएको छैन । यसैबीच U.S. Department of State ले मध्यपूर्वका एक दर्जनभन्दा बढी देशमा रहेका आफ्ना नागरिकहरूलाई ती देश छोड्न आग्रह गरेको छ ।


इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सम्बन्धी विभिन्न अपुष्ट दाबीहरू सार्वजनिक भइरहेका छन्, तर ती विषयमा स्वतन्त्र पुष्टि हुन बाँकी रहेको अन्तर्राष्ट्रिय स्रोतहरूले जनाएका छन्।
मध्यपूर्वको पछिल्लो अवस्थाले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार