https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

माेरङ, फाल्गुन १९ गते ।
जिल्ला प्रशासन कार्यालय मोरङले यस वर्षको होली पर्व घरभित्रै सीमित रहेर मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मौन अवधि होलीसँगै परेकाले प्रशासनले सार्वजनिक स्थलमा तामझामका साथ पर्व मनाउन रोक लगाएको हो ।


कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले निर्वाचनको संवेदनशीलता र आचारसंहितालाई मध्यनजर गर्दै परिवारजनसँग मात्र सभ्य र मर्यादित रूपमा होली मनाउन अनुरोध गरेका छन् ।


प्रशासनद्वारा जारी सूचनामा घर बाहिर सार्वजनिक स्थलमा भेला भई होली नमनाउन स्पष्ट निर्देशन दिइएको छ। सूचनामा भनिएको छ, ‘अर्केस्ट्रा, डीजे तथा ठूलो आवाजमा बाजागाजा नबजाउनुहुन तथा कुनै पनि किसिमको सामूहिक भोजभतेर, सांस्कृतिक कार्यक्रम वा प्रतियोगिता आयोजना नगर्न/नगराउनुहुन अनुरोध गरिन्छ ।’


निर्वाचन आचारसंहिता विपरीत कुनै गतिविधि वा सार्वजनिक स्थानमा होहल्ला गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।


होलीसँगै यस वर्ष रमजान पर्व पनि परेकाले उक्त पर्वसमेत घरमै शान्तिपूर्ण रूपमा मनाउन प्रशासनले आग्रह गरेको छ। सामूहिक भोजभतेर तथा भीडभाड हुने कार्यक्रम नगर्न निर्देशन दिइएको छ ।


यस्तै, विवाह, व्रतबन्ध लगायतका सामाजिक कार्यक्रममा पटका पड्काउने, आतिशबाजी गर्ने जस्ता गतिविधिमा पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ। विस्फोटक पदार्थको प्रयोग तथा बिक्री–वितरण गरेको पाइएमा कडा कानुनी कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार