https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, फाल्गुन १९ गते ।
सर्लाहीमा निर्वाचनका क्रममा बेहोस भएका एक मतदान अधिकृतको उपचारका क्रममा मृत्यु भएको छ ।


मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो रहेका छन्। उनी सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा खटिएका थिए ।


मंगलबार बिहान ड्युटीकै क्रममा अचानक बेहोस भएका उनलाई तत्काल मलंगवास्थित प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो करिब साढे २ बजे चिकित्सकले मृत घोषणा गरेका अस्पताल स्रोतले जनाएको छ ।


रौतहटको माधवनारायण नगरपालिका–६ निवासी महतो स्वास्थ्य क्षेत्रमा सिनियर अहेबका रूपमा कार्यरत थिए। घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको सम्बन्धित निकायले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार