गाैशाला, फाल्गुन २१ गते ।
महोत्तरी जिल्लामा बिहान १० बजेसम्म कुल ६२ हजार ९१३ मत खसेको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त जानकारी दिएका हुन् ।
प्राप्त विवरण अनुसार विभिन्न निर्वाचन क्षेत्रमा खसेको मत यस प्रकार रहेको छः
क्षेत्र नम्बर १
महिला : ४,१००
पुरुष : ६,३८०
जम्मा : १०,४८०
क्षेत्र नम्बर २
महिला : ७,८५४
पुरुष : ८,०२४
जम्मा : १५,८७८
क्षेत्र नम्बर ३
महिला : १०,२३३
पुरुष : ११,१५८
जम्मा : २१,३९१
क्षेत्र नम्बर ४
महिला : ७,९१३
पुरुष : ७,२५१
जम्मा : १५,१६४
जिल्लाभरि अहिलेसम्म पुरुष ३२,८१३ र महिला ३०,१०० गरी ६२,९१३ मत खसेको प्रशासनले जनाएको छ । मतदान जिल्लाभरि शान्तिपूर्ण रूपमा जारी रहेको बताइएको छ ।

