https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, फाल्गुन २१ गते ।

धनुषामा उत्साहपूर्वक मतदाताले मतदान गरिरहेका छन् । दिउँसो १२ बजेसम्ममा धनुषाको चार वटै निर्वाचन क्षेत्रमा २५ प्रतिशतको हाराहारीमा मतदान भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

उनले जिल्लामा रहेका सबै मतदानस्थलमा मतदाताले उत्साहपूर्वक मतदान गरिरहेको बताए। हालसम्म जिल्लाभरको कुनै पनि मतदानस्थल तथा मतदानकेन्द्रमा कुनै किसिमको विवाद नभएको प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए ।

५ लाख १४ हजार ५७१ जना मतदाता रहेको धनुषामा १५७ जना उम्मेदवार छन्। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा ४१ जना, धनुषा २ मा ३४ जना, धनुषा ३ मा ४५ जना र धनुषा ४ मा ३७ जना उम्मेदवार छन् ।

धनुषा १ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा ४२ जना उम्मेदवार भए पनि दुई दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएपछि ४१ जना उम्मेदवार कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार