https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २१ गते ।
सर्लाहीको बलरा नगरपालिकास्थित एक मतदान केन्द्रमा प्रतिनिधिहरूबीच विवाद हुँदा ढुंगामुढा भएको छ । विवादका कारण केहीबेर मतदान प्रक्रिया अवरुद्ध भएको थियो ।


प्राप्त जानकारी अनुसार नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच बिहानदेखि नै सामान्य विवाद सुरु भएको थियो। पछि विवाद चर्किँदै जाँदा दुवै पक्षबीच ढुंगामुढा भएको बताइएको छ ।


विवादका कारण करिब आधा घण्टासम्म उक्त मतदान केन्द्रमा मतदान रोकिएको थियो । पछि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीहरू घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएपछि मतदान पुनः सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाही का डीएसपी सरोज राईले जानकारी दिएका छन् ।


अहिले उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदान प्रक्रिया सामान्य रूपमा जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार